हरी हुमागाईको निर्देशनमा ‘सरौतो’को पहिलो गीत सार्वजनिक

हरी हुमागाईको डेब्यु निर्देशन रहेको फिल्म ‘सरौतो’को गीत ‘कुले दाई’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गराउँदै निर्माण टीमले ‘कुले दाई’ बोलको गीत सार्वजनिक गरेको हो। यद्यपी टिजर भने हप्ता दिनपछी मात्र सार्वजनिक रुपमा रिलिज गरिनेछ ।

फिल्मका मुख्य कलाकार नायिका सुमी मोक्तान, सन्नी सिंह, सम्पदा दाहाल, पराक्रम पिजेबी राणा फिचर्ड छन् । हरी हुमागाईको निर्देशनमा बनेको फिल्मको पहिलो गीतमा गायक तथा संगीतकार राजन राज सिवाकोटी र गायिका मिलन नेवारको स्वर रहेको छ। गीतमा शब्द / संगीत समेत सिवाकोटी कै रहेको छ । कार्तिक २२ गते देखि प्रदर्शनमा आउने फिल्मलाई उपत्यका भित्र बिके फिल्म्स र मोफसलमा एफडी कम्पनीले वितरण गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्