शाहिद कपुरको पारिश्रमिक दोब्बरले बढ्यो

एजेन्सी– बलिउड अभिनेता शाहिद कपूरको फिल्म ‘कबिर सिंह’ले बक्स अफिसमा धमाका मच्चाई रहेको छ । दोस्रो हप्तामा पनि फिल्मको व्यापारमा गिरावट आएको छैन । शाहिदको फिल्मले यति धेरै सफलता पाउनु अविश्वसनिय हो ।
बुधबार ७ करोड ५३ लाखको बिजनेस हुँदा फिल्मले २ सय ६ करोड ४८ लाख बिजनेस गर्दै बर्ष २०१९ को ब्ल्कबस्टर फिल्मको सुचीमा आफुलाई उभ्याएको छ । ‘कबिर सिंह’ले पहिलो हप्ता १ सय ३४ करोड ४२ लाख कमाएको थियो, बाँकी अंक दोश्रो हप्तामा जोडिएको हो । यो फिल्मको निर्माण र प्रचार लागत जम्मा ५० करोड बताइएको छ । जुन आँकडा हेर्दा फिल्मले कमाउने नाफा तत्काल अनुमान समेत लगाउन सहज छैन । प्रदर्शनरत हलहरुमा फिल्मको बिजनेस निरन्तर सुखद छ । यो फिल्म २ सय करोड कमाउने (१ सय करोड पार गर्ने) शाहिदको पहिलो सोलो फिल्म हो । सन्दीप रेड्डी भाञ्गाले यो फिल्मलाई निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्