ऋण तिर्न नसक्दा  यी हास्यँकलाकार परे  जेल

सबैलाई आफ्नो हाँस्यकला मार्फत हसाउँदै आएका  चर्चित बलिउड हास्यँकलाकार  राजपाल यादव यतिखेर ठुलो संकटमा परेका छन् । चलचित्र बनाउनका लागि लिएको ऋण तिर्न नसक्दा अहिले यादब  फन्दामा परेका छन् ।

यादबलाई ३  महिना जेल सजाय हुने भएको छ । उनले सन् २०१० मा ‘अता पता लापत्ता’ नामक चलचित्र निर्माण गर्नकालागि करिब ५ करोड ऋण लिएका थिए तर चलचित्र नराम्रोसंग डुबे पश्चात उनि ऋणमा डुबेका थिए ।

श्री नौरंग गोदावरी इन्टरटेन्मेन्टले चलचित्र बनाउन भन्दै मुर्ली प्रोजेक्टस्सबाट लिएको थियो । तर राजपाल भने उक्त रकम ऋण नभएर  लगानी भएको बताउँछन् यद्यपी कागजमा भने ऋण नै उल्लेख भएको छ ।

प्रतिक्रिया दिनुहोस्