ऋतिक रोशनको चलचित्र ‘सुपर ३०’ सय करोड क्लबमा

बलिउड अभिनेता ऋतिक रोशनको चलचित्र ‘सुपर ३०’ ले सय करोड कमाएको छ ।प्रर्दशनको पहिलो सातामा ७५ करोड व्यापार गरेको थियो भने १०औं दिनमा एक सय करोड भन्दा माथि को व्यपार गरेको छ ।चलचित्रले ११ औं दिन सम्म १०४.१८ करोड कमाएको छ ।

भारतका गणितज्ञ आनन्द कुमारको जीवनमा आधारित यो फिल्मलाई विकास बहलले निर्देशन गरेका हुन् । ऋतिक रोशनको क्रिस ३, ब्याङब्याङ पछि राम्रो कमाउने फिल्मको सुचिमा सुपर ३० परेको छ । फिल्ममा ऋतिकले एक जना शिक्षकको भूमिका निर्वाह गरेको छन् । वास्तविक कथामा आधारित भएर पनि फिल्मलाई दर्शकले मन पराएका छन् ।

चलचित्रमा  ऋतिकसँगै मृणाल ठाकुर, पंकज त्रिपाठी, अमित साधसहित विभिन्न कलाकार छन् । यो फिल्म सन्देशमूलक भएकै कारण बिहार, उत्तरप्रदेश र राजस्थान सकारले ट्याक्स फ्रि गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्