नायिका पूजा शर्मा २० लाख पारिश्रमिकमा नया फिल्म खेल्दै ,पूजाको यो वर्ष चार फिल्म

अभिनेत्री पूजा शर्मा महङ्गो पारिश्रमिक लिएर नयाँ फिल्ममा अनुबन्ध भएकी छिन् ।केही दिनअघि मात्रै ‘म यस्तो गीत गाउँछु २’मा अनुबन्ध भएकी पछिल्लो समयकी चर्चित अभिनेत्री पूजाले डिसी नेपालसंगको कुराकानीमा आफू २० लाख पारिश्रमिक लिएर नयाँ फिल्ममा काम गर्न लागेको पुष्टि गरिन् ।

उनले भनिन् –‘फिल्म दार्जिलिङका निर्माताले बनाउन लाग्नुभएको हो । निर्देशक पनि भारतबाटै आउने भनिएको छ । उहाँहरु आएपछि कागजी सम्झौता हुन्छ । मैले पेश्की रकम लिईसकेकी हुँ ।’ फिल्मको नाम र अन्य कलाकारहरुका बारेमा भने केही खुलाइएको छैन् । उनका अनुसार ‘म यस्तो गीत गाउँछु २’को छायाँकन सकिएपश्चात यो फिल्मको छायांकन शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्