रिलिज मिति तय गर्दै “सोच” को फस्टलुक्स सार्वजनिक ।

भाद्र २० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सोच’को फस्टलुक सार्वजनिक भएको छ ।
सार्वजनिक पोस्टरमा प्रज्वल गिरी, नीता ढुंगाना पुजन सिंह फिचर्ड छन् । नीता ढुंगाना र प्रज्वल गिरीले पहिलो पटक “सोच” बाट स्क्रिन सेयर गरेका छन् ।

पुजन सिंहको कथा र निर्देशनमा बनेको फिल्म सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको हो।


कृष्ण आचार्यको पटकथा र संवाद रहेका फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, विदुर पाण्डेको छायाँकन र प्रितम पाण्डेको सम्पादन गरेका छन।

एक नजर यता पनि । 

 

प्रतिक्रिया दिनुहोस्