सिम्बाको ट्रेलरमा देखियो रणवीर सिंहको लुक्स

बलिउड अभिनेता रणवीर सिंह अभिनीत चलचित्र ‘सिम्बा’को ट्रेलर सार्वजनिक भएको छ । अजय देबगण अभिनित चलचित्र सिम्बा ‘सिंघम’ को सिक्वलको रुपमा निर्माण भएको हो । धर्मा ब्यानरबाट बनेको चलचित्रलाई रोहीत सेट्टीले निर्देशन गरेका हुन् भने रणवीर पुलिस अफिसरको भूमिकामा देखिएका छन् । चलचित्रमा रणवीरको साथमा सारा अलि खान, सोनु सूड लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्र डिसेम्बर २८ मा रिलिज हुदैँछ ।

प्रतिक्रिया दिनुहोस्