४०७५ मिटर उचाइको आइसलेक मा देखियो अनमोल र सुहानाको रोमांस

काठमाडौँ, नायीका तथा निर्देशक झरना थापा द्वारा निर्मीत हुन गई रहेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ को टिम फ्लोरमा गैसकेको छ । चलचित्रमा झरनाले आफ्नो छोरी सुहानालाई यसै चलचित्रमार्फत नेपाली सिने जगतमा डेब्यु गराउदैं छिन् ।

अनमोलसंग संगै स्क्रिन सेयर गर्न लागेकिन सुहानाको यस चलचित्रमा सञ्जय लामाको छायाँङ्कन, रोशन श्रेष्ठका द्वन्द्व निर्देशन रहेको छ। चलचित्र चैत्र २७ बाट रिलिज हुने निर्माण पक्षले जानकारी दिएका छन् । अनमोल र सुहनाका अलावा चलचित्रमा अर्पण थापा, सलोना बस्नेत, रवीन्द्र झा लगायत अन्य कलाकारको अभिनय रहेको छ । चलचित्रको एउटा गित ४०७५ मिटर उचाइमा रहेको आइस लेकमा गरिएको हो भने जसमा अनमोल र सुहानाको रोमांस देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्