अदालतले रबि लामिछानेलाई ५ लाख धरौटीमा रिहा गरे

५ लाख धरौटीमा रबि लामिछाने लाई अदालतले छाडेका छन् । लामिछानेको सम्पत्ति छानविन गर्ने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनले अदालतमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा प्रहरीले तीनै जनाको सम्पत्ति खोजी गरिरहेको उल्लेख छ । अभियोग पत्रमा भनिएको छ।
‘प्रतिवादीहरुको बैंक खाता विवरण हालसम्म प्राप्त नभएकाले प्राप्त भएपछि पेश गरिने व्यवहोरा समेत अनुरोध छ ।

रबि लामिछानेको बारेमा धुर्मुश { सिताराम कट्टेल ] ले एसो लेखेका छन् हेर्नुहोस

अन्ततःसत्य र न्यायको जीत सदैव सुनिश्चित भएझैं भएको छ ।
देश भ्रष्टाचारमुक्त बन्नु पर्छ, कानुनी राज्य, विधीको शासन हुनुपर्छ । जीत सदैव नेपाल र नेपालीको हुनैपर्छ ।
आज एकपटक फेरि सत्य र न्यायप्रेमी नेपालीले जितेका छन् ।
अन्याय, अत्याचार, भ्रष्टाचार, अनियमितताका विरुद्ध तथा गरिब दुःखीको लागि न्यायको आवाज बोल्दै आउनुभएको आदरणीय रवि दाई आज झन् दर्विलो शाहसका साथ आम जनताकाबीच आउनुभएको छ । हिरासतमा परे लगत्तैको पहिलो भेटमा तपाईंले पूर्ण आत्मविश्वासका साथ प्रशासनलाई अनुसन्धानमा पूर्ण सहयोग गर्छु भनेर गर्नुभएको प्रतिबद्धताको प्रशासन र न्यायालयले पनि सम्मान गरेको अनुभूति गरेको छु । यो जीतले समग्र न्याय क्षेत्रमा काम गर्ने अभियन्ता र सत्यका लागि साथ दिने समग्र शुभचिन्तकको जीत भएको छ ।
रवि दाई, तपाईंको यो जितले मलाई पनि यो देशका लागि सत्य र न्यायको बाटोमा कत्ति पनि नडगमाई काम गर्न थप उर्जा मिलेको छ ।
जय देश, जय नेपाल ।।

 

प्रतिक्रिया दिनुहोस्