No Images Found

हेलिकोप्टर दुर्घटनामा परि पाँ’च प्र’हरीको मृत्यु

एजेन्सी : कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जना प्रहरीको ज्यान गएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको बताइएको छ ।

आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिएका छन्।

उनले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी दिएका हुन् । उक्त विज्ञप्तिमा उनले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतिको ज्यान गुमाउनु परेकोमा दुःख ब्यक्त गरेका छन् ।

हेलिकोप्टर ग्रामीण क्षेत्रमा दुर्घटनामा परेको बताइएको छ । ती प्रहरीहरु यहाँको लागू औषधसम्बन्धी विभागमा कार्यरत प्रहरी अधिकारी रहेको बताइएको छ ।

ग्रामीण क्षेत्रमा दुर्घटनामा परेको सो हेलिकोप्टरको दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरी सेवाका प्रवक्ताले जानकारी दिएका छन् ।